३१ बैशाख, बाँके । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेसनको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ ।
प्रदेश सभाका सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठक संविधानको धारा १८३ को उपधारा १ बमोजिम बैठक बस्न लागेको हो ।
Advertisement
लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गतेका लागि प्रदेश सभाको छैठौं अधिवेशनको बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख घर्तीले आह्वान गरेअनुसार बैठक बस्न लागेको हो ।
टिप्पणीहरू