Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नवलपरासीको चोरमारा गिरुबारी पुल भासियो

    Dristi news

    ३० बैशाख, रुपन्देही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको चोरमारा गिरुबारी पुल भासिएको छ ।

    गएराती ९ बजेको समयमा ओभरलोड ट्रक बीच पुलमा पुग्दा पूर्व नवलपरासीको मध्यबिन्दु नगरपालिका–८ चोरमारा बजारमा रहेको गिरुबारी पुल भासिएपछि यातायात अवरुद्ध भएको छ ।

    Advertisement

    गिरुबारी पुलको पूर्वतर्फको भागमा भासिएको हो । जसका कारण लामा तथा छोटा दुरीका सवारी साधनहरू अबरुद्ध भएको प्रहरीले जनाएको हो ।

    सडक अबरुद्धका कारण सवारी साधनहरू करिब ३ किलोमिटर दक्षिण रानीबारी हुँदै आवतजावत भएका छन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »