२७ बैशाख, काठमाडौँ । भारत र पाकिस्तान बीच युद्ध चर्किदै जादा भारतबाट नेपाल तर्फ आपूर्ति हुने खाद्य वस्तु लगायतका पेट्रोलियम पदार्थमा के प्रभाव पर्ला ? भन्ने प्रश्न उठिरहेको छ ।
भारतको जम्मू–कश्मीरको अनन्तनाग जिल्ला स्थित पहलगाममा भएको आतंकपवादी घटना पछि भारतले पाकिस्तान माथि त्यसको दुई साता पछि मध्येरातमा गरेको जावाफी कार्वाही स्वरुप ‘सिन्दुर’ अप्रेशनको प्रभावले युद्धको रुप लिएको छ । पहलगाम घटनामा बुटवलका सुदीप न्यौपाने सहित २८ जनाको मृत्यु र २० भन्दा बढी घाइते भएका थिए ।
Advertisement
पाकिस्तानी सेनाले शनिवार बिहान आधिकारिक रूपमै भारतविरुद्ध जवाफी कारबाही थालेको घोषणा गरेको छ । यसअघि पाकिस्तानले आफ्नोतर्फबाट कुनै कारबाही नभएको दाबी गर्दै आएको थियो ।
जस पश्चात नेपाल सरकार, राजनीतिक दल, नेपाली जनताले आतंकवाद विरुद्ध भारतको कदम प्रति एकबद्धता जनाएका छन् ।
Advertisement
भारतले नेपाल सरकार र यहाँका राजनीतिक पार्टीले भारतको जम्मु–काश्मीर क्षेत्रमा भएको आतङ्ककारी हमलाको विरोध गर्दै त्यसका विरुद्धमा चालिएको कदमप्रति ऐबद्धता जनाएकाेमा नेपालाई धन्यवाद दिएको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार लैनचौर स्थित दूतावासमा काठमाडौँ स्थित मुलधारका आमसञ्चार माध्यमका सम्पादकहरु सँगको भेटघाट तथा छलफलका क्रममा जम्मु–काश्मीर क्षेत्रमा भएको आतङ्ककारी हमलाको विरुद्धमा नेपाल सरकार र समग्र नेपाली जनता उभिएकोमा खुशी व्यक्त गर्दै आतङ्कबादका विरुद्ध समग्र विश्व एक हुनुपर्नेमा जोड दिए ।
Advertisement
यस्तै, यहाँका समग्र नागरिक समाज र विशेषगरी आमसञ्चार क्षेत्रबाट प्राप्त सहयोग र ऐक्यबद्धताका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग प्राप्त हुने विश्वास उनले व्यक्त गरे ।
छलफल क्रममा भारतबाट हुने आपूर्तिको विषयमा श्रीवास्तवले भारत स्थित संवेदनशील क्षेत्रका केही विमानस्थल र सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरिएको जानकारी गराउदै छिमेकी देश नेपाल तर्फको आपूर्ति व्यवस्थामा कुनै पनि किसिमको समस्या नआउने विश्वास दिलाएका छन् ।
Advertisement
उनले पेट्रोलियम पदार्थ सहित कुनै पनि किसिमका वस्तुको नेपाल तर्फको आपूर्ति व्यवस्था सहज हुने भएकाले ढुक्क हुन अनुरोध गर्दै विद्यमान असहज परिस्थितिलाई मध्यनजर गरी घुसपैठ सहित अवाञ्छित गतिविधि हुन नदिन दुवै देशका तर्फबाट सीमा सुरक्षामा विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याएका छन् ।
टिप्पणीहरू