Close sidebar
  • ताजा
  • लोकप्रिय
  • अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा नक्कली परीक्षार्थी पक्राउ

    २७ वैशाख, धनगढी । धनगढीको नाष्ट कलेजमा अर्काको नाममा कक्षा १२ को परीक्षा दिइरहेको अवस्थामा एक जना नक्कली परीक्षार्थी पक्राउ परेकी छन् ।

    पक्राउ पर्नेमा गोदावरी नगरपालिका–९ की १९ वर्षीया सिर्जना बोहरालाई रहेको प्रहरीले जनाएको छ ।

    Advertisement

    उनले एलिजा शाहीको नाममा परीक्षा दिइरहेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए ।

    नक्कली परिक्षार्थी बोहरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »