२६ बैशाख, पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुरुक्षेत्र धाममा आयोजित प्रथम रुरुक्षेत्र शालग्राम महोत्सव २०८२ को उद्घाटन गरेका छन् ।
शुक्रबार एक भब्य समारोहका बीच मुख्यमन्त्री आचार्यले महोत्सवको उद्घाटन गरेका हुन ।
Advertisement
नेपालका चार प्रमुख धार्मिक धामहरूमध्ये एक धाम रुरुक्षेत्रमा शालग्राम दिवसको अवसरमा पर्यटन डिभिजन कार्यालय रुपन्देही र तानसेन नगरपालिकाको सहकार्य तथा हृषिकेश मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा महोत्सव आयोजना गरिएको छ ।
महोत्सवमा विविध धार्मिक, सांस्कृतिक तथा पर्यटनमूलक कार्यक्रम समावेश गरिएको छ । रुरुक्षेत्र ऐतिहासिक, धार्मिक तथा प्राकृतिक रूपमा महत्वपूर्ण स्थलमा आयोजना गरिएको महोत्सवले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार भइ पर्यटनको विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ । महोत्सव २ दिन सम्म चल्नेछ ।
टिप्पणीहरू