Close sidebar
  • ताजा
  • लोकप्रिय
  • दोस्रो मेयरकप स्ट्रेन्थलिफ्टिङ्ग च्याम्पियनसिप प्रतियोगिता शुरु

    २६ बैशाख, बाँके । दोस्रो मेयरकप स्ट्रेन्थलिफ्टिङ्ग आईबिपी च्याम्पियनसिन प्रतियोगिता २०८२ को आज भब्यतापूर्वक उद्घाटन गरिएको छ ।

    उक्त च्याम्पियनसिप प्रतियोगितामा सहभागी प्रतियोगीहरुले बिहान ८ बजेदेखि तौल मापन गराएका छन् । जसमा नेपाल भरीबाट प्रतियोगितामा सहभागी भएका फिटनेश क्लबहरुले आ–आफ्नो सहभागिता जनाउँदै कुन समूहमा कति तौल बराबर सहभागिता जनाउने निश्चित गरेका थिए ।

    Advertisement

    यस्तै, दिउँसो २ बजेदेखि उद्घाटन हुने भनिएको दोस्रो मेयरकप स्ट्रेन्थलिफ्टिङ्ग आईबिपी च्याम्पियनसिप प्रतियोगिता २०८२ केही समय ढिलो हुन गई करीब ३ः३० बजे नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो ।

    प्रमुख अतिथि बिष्टले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै छोटो समयमा स्ट्रेन्थलिफ्टिङ्ग आईबिपी च्याम्पियनसिप प्रतियोगिता अन्तर्राष्ट्रिय रुपमा पहिचान बनाउन सफल भएकोमा सहभागी खेलाडीहरुलाई बधाई दिँदै आउने समयमा थाईल्याण्ड जाने खेलाडीहरुलाई सफलताको शुभकामना दिएका थिए ।

    Advertisement

    उपमहानगर प्रमुख बिष्टले यसखाले खेल प्रतियोगितालाई नेपालगन्ज उपमहानगरपालिकाले सदैव निरन्तरता दिंदै जानुका साथै सहभागी खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्ने विश्वासका साथ सफलताको शुभकामना व्यक्त गरेका थिए । उनले हाम्रो जस्तो सानो देशले खेलको माध्यमबाट विभिन्न देशमा पहिचान बनाउन सफल भएको स्मरण गराउँदै विगतमा यसखेलमार्फत समेत देशको नाम विदेशमा पहिचान भएको स्मरण गराए ।

    यसैगरी विशिष्ट अतिथिमा प्रदेशका पूर्वमन्त्री एवं ओलम्पियन सुरेन्द्र हमालले विभिन्न खेलको माध्यमबाट विश्वमा देशको नाम चिनाउन सफल भएको हुँदा यसखाले खेलले व्यक्तिलाई मात्र नभई देशको पहिचान बनाउने बताउँदै खेलाडीहरु अनुशासनमा रही अन्तर्राष्ट्रिय पदक कसरी प्राप्त गर्न सकिन्छ त्यस लक्ष्यलाई लिएर अगाडी बढ्न आग्रह गरेका थिए । कुनै नेता वा कर्मचारीहरुद्वारा देशको राष्ट्रिय गान कहिल्यै बजाउने गरिन्न तर जब एउटा खेलाडीले त्यस देशमा पदक प्राप्त गर्छ तब देशको राष्ट्रिय गान बजाएर सम्मान गर्ने गरिएको बताए ।

    Advertisement

    कार्यक्रममा स्ट्रेन्थलिफ्टिङ्ग संघका केन्द्रिय सभापति जीवन गिरी, लुम्बिनी प्रदेश खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्द्र, जिल्ला खेलकुद विकास समितिका सचिव सन्तोष श्रेष्ठ, बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ्ग संघका सचिव चन्द्र शेखर थापा लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

    कार्यक्रममा पूर्व भारोत्तोलक समसुद्दीन सिद्दिकी, नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखा अधिकृत लोकेन्द्र शाही, खेलकुद शाखा अधिकृत भिमबहादुर बुढा, पूर्व भारोत्तोलक राजेन्द्र बर्मा, पूर्व शारीरिक सुगठन कार्य समितिका सुरेशकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

    Advertisement

    प्रतियोगिताको न्यायिक क्षेत्रतर्फ जजहरुमा जीवन गिरी, सन्तोष काजी शाक्य, प्रसिद्धभक्त राई, नवराज धुर्म, बृजेन्द्रमान श्रेष्ठ, आशिष श्रेष्ठ, निरुपाम मान श्रेष्ठ, दिपा बिष्ट, सुर्यबहादुर भण्डारी, बिन्दमान सार्की रहेका थिए ।

    कार्यक्रमको सञ्चालन सञ्चारकर्मी ममता थापाले गरेका थिए भने समापन बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ्ग संघका अध्यक्ष बिनी टण्डनले गरेका थिए । कार्यक्रममा १०० बढी खेलाडीहरुले सहभागिता जनाएका छन् भने भोलि शनिबार यसको समापन गरिने आयोजकद्वारा जनाईएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »