२६ बैशाख, काठमाडौँ । भारतको पञ्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ विमानस्थलहरू नागरिक सेवाका लागि बन्द गरिएका छन् ।
नागरिक उड्डयन सुरक्षा ब्यूरोले देशभरका सबै एयरलाइन्स र विमानस्थलहरूलाई सुरक्षा उपायहरू बढाउन निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
Advertisement
निर्देशनअनुसार सबै विमानस्थलहरूमा यात्रुहरूको माध्यमिक भर्याङ पोइन्ट जाँच गरिनेछ । टर्मिनल भवनमा आगन्तुकहरूको प्रवेश निषेध गरिएको छ ।
एयर मार्शलहरू पनि तैनाथ गरिने भएको छ ।
टिप्पणीहरू