२५ बैशाख, रुपन्देही । भारत–पाकिस्तान बीच तनावका कारण नेपालले भारत संगको सिमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ ।
तनाव पछि पहिलाभन्दा निगरानी बढाइनुका साथै शङ्का लागेका व्यक्तिहरूको परिचयपत्र मागेर सोधपुछ गर्ने गरिएको छ ।
Advertisement
बीबीसी सँग कुरा गर्दै गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले भने, ‘लामो खुला सीमा छ । त्यो खुला सीमाको दुरुपयोग नहोस् र त्यसमा अवाञ्छित आवागमन नहोस् भन्ने कुरामा सरकार पूरा सचेत छ र त्यसअनुसार निगरानी र चेकजाँच गर्ने काम भइरहेको छ ।’
यतिबेला भारतले पनि सीमावर्ती क्षेत्रहरूमा पहिलाको भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको देखिएको छ । बीबीसीमा खबर छ ।
टिप्पणीहरू