१० बैशाख, काठमाडौँ । सरकारले शिक्षकहरूले राखेका जायज मागहरू सम्बोधन गर्न तयार रहेको जनाएको छ ।
बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले शिक्षकको माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् । त्यसकारण उनले शैक्षिक गतिविधिमा सहभागी हुन आग्रह समेत गरे ।
Advertisement
उनले समयमा नै शैक्षिक गतिविधि अघि नबढे विद्यार्थीहरूको भविष्य बरबाद हुने भन्दै शिक्षकहरूले आन्दोलन रोक्नुपर्ने बताए । उनले आन्दोलन रोक्न सरकारले शिक्षकहरूलाई आग्रह गरे पनि शिक्षकहरूबाट असहयोग भएको जिकिर गरे ।
यस्तै, उनले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा सम्बन्धमा सरकारलाई जानकारी नभएको उल्लेख गरे ।
टिप्पणीहरू