१० बैशाख, काठमाडौँ । भारतको जम्मू–कश्मीरमा भएको आततायी घटनाप्रति नेकपा माओवादी केन्द्रले घोर भत्सर्ना गरेको छ ।
बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले जम्मू–कश्मीरमा भएको अतिवादी हमलामा नेपाली नागरिक सुदीप न्यौपाने सहित पर्यटकहरूको हत्या भएको घटना प्रति आफ्नो पार्टीको घोर भत्सर्ना गरेको बताए ।
Advertisement
जम्मू–कश्मीरको अनन्तनाग जिल्लास्थित पहलगाममा मंगलबार दिउँदो २ बजेर ५० मिनेटको समयमा भएको आतंकवादी हमलामा बुटवलका सुदीप न्यौपाने सहित २८ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् ।
द रेसिस्टेन्स फ्रन्ट (टीआरएफ) पाकिस्तानमा आधारित लश्कर–ए–तैयबाको एक शाखाले उक्त हमलाको जिम्मेवारी लिएको लिएको बुझिएको छ ।
Advertisement
आक्रमणमा आतंककारीहरूले हिन्दू र मुस्लिम पर्यटकहरूलाई छुट्याउन क्रूर र अमानवीय तरिका अपनाएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।
टिप्पणीहरू