Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन

    ८ बैशाख, काठमाडौँ । निर्वाचन आयोगबाट स्वीकृत मतदाता नामावली अद्यावधिक कार्यविधि–२०८१ बमोजिम मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुन लागेको छ ।

    उक्त कार्यक्रम बमोजिम २०८१ चैत मसान्त सम्ममा १८ वर्ष उमेर पूरा भएका नागरिकको विवरणलाई वि.सं. २०८२ वैशाख १ गतेबाट अद्यावधिकको प्रक्रिया प्रारम्भ भइसकेको छ ।

    Advertisement

    कार्यक्रम बमोजिम मतदाताहरूको प्रारम्भिक नामावली आयोगको वेवसाइटमा प्रकाशन भएको छ । उक्त नामावलीवाट अद्यावधिक कार्य सम्पन्न भएपछि वैशाख मसान्तमा अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगले जनाएको हो ।

    मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको लागि प्रकाशित प्रारम्भिक नामावलीमा त्रुटि भएको भए सच्याउन, कुनै व्यक्तिको विरोधमा उजुरी दिनु पर्ने भए उजुरी दिन, कुनै मतदाताको एक भन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा मात्र नाम कायम राख्न तथा मृत्यु भएका एवम् नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन वैशाख ७ गतेदेखि १४ गतेसम्म सम्बन्धित निर्वाचन कार्यालय वा अनलाइन मार्फत् निवेदन दिन सकिने व्यवस्था मिलाइएको आयोगकी सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी गराइन ।

    Advertisement

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »