Close sidebar
  • ताजा
  • लोकप्रिय
  • शब्द, स्वर र सम्मानले गुञ्जियो बर्दिवास

    ८ बैशाख, महोत्तरी । शिशिर घिमिरे स्मृति प्रतिष्ठानले ३०औं राष्ट्रिय छन्द दिवसको अवसरमा बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम आयोजना गरेको छ ।

    प्रेम घिमिरे ‘अग्नि कवच’को अध्यक्षता र प्रदेशसभा सदस्य शारदा थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रा. डा. सुमन कर्माचार्यलाई “शिशिर घिमिरे स्मृति प्रतिभा सम्मान २०८१“ अन्तर्गत नगद रु १५ हजार पाँच सय ५५ सहित सम्मान गरिएको हो ।

    Advertisement

    कार्यक्रममा जनवादी लेखक संघ सितामढी (भारत) का कोषाध्यक्ष महमद कामरुदिन नदाफद्वारा दुई विशेष क्षमताका विद्यार्थीहरू गरिमा परियार र दिनेश महतोलाई जनही रु पाँच हजार पाँच सय ५५ बराबरको छात्रवृत्ति प्रदान गरियो । साहित्यप्रेमी मिना देवकोटाद्वारा सुस्मिता कट्वाललाई रु २५५५ छात्रवृत्ति दिइएको थियो ।

    सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, सिन्धुली, रामेछाप, उदयपुरलगायत जिल्लाबाट आएका साहित्यकारहरूको सहभागिता रहेको कार्यक्रममा गीत, गजल र कविता वाचन गरिएको थियो ।

    Advertisement

    वाचन गर्ने सर्जकहरूमा कुमार कुसुम, गोपाल यादव, मेघराज पौडेल, डा. सुमन कर्माचार्य, बोध कुमार घिमिरे, डा. जो जोनसन, डा. जेनी हेरिङटन लगायतका स्रष्टाहरू थिए । सहभागी सर्जकहरूलाई दिवंगत शिशिर घिमिरेकी आमा देवि घिमिरेबाट प्रशंसा पत्र प्रदान गरिएको थियो ।

    कार्यक्रममा शारदा थापा, विष्णु खड्का, लम्बोदर काफ्ले लगायतले सम्बोधन गर्दै साहित्यिक योगदानको उच्च प्रशंसा गरे ।

    Advertisement

    कार्यक्रमको संचालन नारद काफ्लेले तथा स्वागत मन्तव्य भीमकुमार राउतले दिएका थिए ।

    अन्त्यमा केही अतिथिहरूको प्रतिक्रिया ओमकार टेलिभिजनको ’पञ्चामृत’ कार्यक्रममा लिइएको छ, जुन आउँदो शुक्रबार साँझ ५ बजे प्रशारण हुनेछ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »