३ बैशाख, पर्सा । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज भन्सार कार्यालयले एक खर्ब २४ अर्ब ७० करोड राजस्व सङ्कलन गरेको छ ।
कार्यालयको तथ्यांक अनुसार साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड, कात्तिक ११ अर्ब १० करोड, मंसिरमा १४ अर्ब ४० करोड, पुसमा १५ अर्ब ४७ करोड, माघमा १४ अर्ब ४४ करोड राजस्व सङ्कलन भएको हो ।
Advertisement
यस्तै, फागुनमा १४ अर्ब ६३ करोड र चैतमा १५ अर्ब ४७ करोड राजस्व सङ्कलन भएको छ ।
टिप्पणीहरू