Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्जका ‘मनकारी’ सामाजिक अभियन्ता राजा खान

    २६ चैत्र, बाँके । राजा खान नेपालगञ्ज बिपी चोकका बासिन्दा हुन् । बिगत १८ बर्षदेखि अमेरिकालाई कर्मथलो बनाउदै आएका खानको मन भने आफ्‌नो जन्मथलो नेपालगञ्जको सामाजिक विकासमा केन्द्रीत रहने गरेको छ । अमेरिकामा रगत पसिना बगाएर इमान्दारिताका साथ कमाएको धनको केहि हिस्सा खानले नेपालगञ्जको सामाजिक विकास र खेलकुद क्षेत्रका लागि खर्च गर्दै आएका छन् । क्रिकेटमा अलि बढी नै रुची भएका खान खेलकुदकै सबै विद्यामा सहयोग गर्न पछि परेका छैनन् । यीनै सेरोफेरोमा केन्द्रीत रहेर मनकारी सामाजिक अभियन्ता खानसंग सहकर्मी सावित्री गिरीले गरेकाे कुराकानीको सम्पादित अंशः

    नेपालगञ्जमा तपाईको दैनिकी कसरी वितिरहेको छ ?

    Advertisement

    आजभोललि म सामाजिक काममा ब्यस्त छु । अमेरिकाको एक कम्पनी सञ्चालकको रुपमा क्रियाशील भएपनि नेपालमा खेल लगायत विविध सामाजिक क्षेत्रमा सहयोगी बनेर समय विताउन म रुचाउने गर्छु । विदेशमा गरेको आम्दानी नेपालमा केहि सामाजिक काममा र खेलकुदको क्षेत्रमा लगानी गर्दा मलाई मनैदेखि खुशी मिल्ने गर्छ । मलाई नेपालगन्जको धेरै माया लाग्छ ।

    यहाँको रुचीको बिषय के हो ?

    Advertisement

    मेरो रुचीको बिषय समाजसेवा हो । म खेल हेर्न, खेल खेल्न अनि खेल क्षेत्रमा सहयोगी बन्न रुचाउछु । म पनि विगतमा धेरै खेल यही नेपालगञ्जको रंगशालामा खेल्ने गर्थे । नेपालगञ्जमा क्रिकेट खेललाई सफल बनाउन मैले सके जतिको सहयोग गरेको छु । अहिले पनि विविध खेलमा सहयोग गर्नु मेरो रुचीको बिषय बनेको छ । अहिलेका युवाहरुलाई खेल ोत्रमा अगाडि बढाउन चाहन्छु । विभिन्न ठाउमा भ्रमण गर्नु पनि अर्को रुचीको विषय हो ।

    नेपालगञ्जमा वैशाख ५ गतेदेखि लुम्बिनी कप महिला फुटबल हुँदैछ । यसमा तपाईको साथ, सहयोग रहन्छ कि रहदैन् ?

    Advertisement

    यो प्रतियोगतालाई मैले महिला सशक्तिकरणका लागि हुन लागेको खेल भनेर जानकारी पाएको छु । नेपालमा प्रायः महिला लक्षित खेलहरु कम हुने गरेका छन् । लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले नेपालगञ्जलाई फुटबलमय बनाउने विश्वास लिएको छु । नेपालगञ्जमा पहिलो पटक अन्तराष्ट्रिय आमन्त्रणमा नेपालगञ्जमा हुन लागेकाले यो ऐतिहासिक हुनेमा मेरो विश्वास छ । यो प्रतियोगितामा मेरो सबैखाले सहयोग रहने छ ।

    सामाजिक काम गर्न उत्प्रेरणा तपाईलाई कसरी मिल्यो ?

    Advertisement

    मेरो बुवा, मम्मी, दाई अनि अत्यन्त मिल्ने साथी दिवंगत भएपछि मलाई के ? लाग्यो भने हामीले जति कमाए पनि यही छाडेर जानुपर्ने रहेछ । त्यसैले आफ्‌ले कमाएको सम्पत्तिको केही अंश सामाजिक काममा लगाउन सक्यौ भने त्यसले समाजको हितको लागी धेरै मद्धत पुग्ने रहेछ । त्यही भावनावाट ओतप्रोत भएर सामाजिक विकासमा सहयोगी बन्न उत्प्रेरण जागेको हो ।

    अन्त्यमा, नेपालमा महिला फुटबलको अवस्थालाई थप सुधार गर्न के–के गर्नुपर्ला जस्तो लाग्छ ?

    यहाँ भएका उद्योगी, व्यापारी, चिकित्सक लगायत विभिन्न पेशाकर्मीले केही न केही प्रतिशत रकम खेल क्षेत्रका लागि भनेर छुट्याउनु पर्छ । यस्तो भयो भने खेल प्रतियोगिताहरु धेरै गर्न सकिन्छ । जति धेरै प्रतियोगिताहरु हुन्छन्, त्यति धेरै क्षमतावाट खेलाडी हामी उत्पादन गर्न सक्छौं । महिला फुटबलका लागि पनि यसरी नै लगानी बढाउन जरुरी छ । अर्कोतर्फ, निजि क्षेत्रको मुख ताकेर मात्र पनि हुँदैन । सरकारले खेलकुदमा लगानी बढाउदै जानुपर्छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »