Close sidebar
  • ताजा
  • लोकप्रिय
  • लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–शर्ट सार्वजनिक

    २३ चैत्र, बाँके । नेपालगञ्ज रंगशालामा हुने लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–शर्ट सार्वजनिक गरिएको छ ।

    आज एक कार्यक्रम बीच लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री आदेश कुमार अग्रवालले सार्वजनिक गरेका हुन ।

    Advertisement

    महिला फुटबलको विकासमा लामो समय सम्म काम गर्ने गरी योजना बनाएको अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले जानकारी गराए । यस प्रतियोगितामा नेपाल र भारतबाट चर्चित खेलाडीहरु सहभागी हुने भएकोले शहरको प्रतिष्ठा समेत जोडिएको बताइएको छ ।

    Advertisement

    अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आगामी बैशाख ५ गतेदेखि नेपालगञ्ज स्थित रंगशालामा सञ्चालन हुने प्रतियोगितामा दुवै देशका आठ टीमको सहभागिता रहनेछ ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके जिल्ला अध्यक्ष नवीन गिरी, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्द र नेपलागञ्जका पूर्व उपमेयर उमाथापा मगरले लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सफल बनाउन सबै पक्षवाट सहयोगको अपेक्षा गरेका छन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »