२३ चैत्र, बाँके । नेपालगञ्जमा सरकार विरुद्ध नारा जुलुस सहित आज प्रदर्शन भएको छ । बाँके क्षेत्र नं. २ बाट निर्वाचित सांसद धवल शम्शेर राणा र राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको रिहाईको माग गर्दै नेपालगञ्जमा राके जुलुस निकालिएको हो ।
राणा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत हुन । काठमाडौँ स्थित तीनकुनेमा भएको हिंसात्मक घटनापछि पक्राउ परेका उनीहरुको रिहाईको माग गर्दै राप्रपा सरकार विरुद्ध उत्रिएको हो । प्रदर्शनकारीहरुले राजा ल्याउने पक्षमा समेत नाराजुलुस गरेका थिए ।
Advertisement
नेपालगञ्ज बजार क्षेत्रमा निकालिएको राके जुलुस विपीचोकमा प्रहरीले हस्तक्षेप समेत गरेको छ । जुलुस प्रदर्शन हुन साथ प्रहरी अर्लट भएको थियो ।
Advertisement
प्रहरीले अग्नी समन यन्त्र मार्फत आगो निभाएको थियो । जस पश्चात प्रदर्शनकारीले आफु माथिको हस्तक्षेप बन्द गर्न आग्रह समेत गरेका थिए ।
Advertisement
आन्दोलनको नाममा अराजक गतिविधि गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई राज्य विरुद्धको कसुरमा म्याद थप गरेर प्रहरीले अनुसन्धान गरीरहेको छ ।
टिप्पणीहरू