Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मोदीलाई मेन्सन गर्दै ओलीको ट्वीट ‘हाम्रो वार्ता अत्यन्त सार्थक रह्यो, आत्मीय भेटवार्ताप्रति म खुशी व्यक्त गर्दछु’

    २२ चैत्र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी सँगको भेट अत्यन्त सार्थक रहेको बताएका छन् ।

    शुक्रबार थाइल्याण्डको राजधानी बैंककमा मोदीसँग भेट भएपछि ओलीले आज सामाजिक सञ्जाल एक्समा यस्तो बताएका हुन् ।

    Advertisement

    मोदीलाई मेन्सन गर्दै लेखेका छन्, ‘मेरा प्रिय मित्र, प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग आत्मीय र सौहार्दपूर्ण भेट भयो । हाम्रो वार्ता अत्यन्त सार्थक र सकारात्मक रह्यो। यस आत्मीय भेटवार्ताप्रति म खुशी व्यक्त गर्दछु ।’

    Advertisement

    यो भेटले दुई देश बीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । यसअघि सन् २०२४ को सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाका क्रममा पनि यी दुई नेताहरू बीच भेट भएको थियो । त्यतिबेला पनि दुवै नेताले भेटलाई सकारात्मक भनेका थिए ।

    यस्तै, भारतका प्रधानमन्त्री मोदीले पनि ट्वीट गर्दै नेपाल सँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको बताएका छन् ।

    Advertisement

    यो भेटमा दुई नेताहरूले नेपाल र भारतबीचको मित्रताका विविध पक्षमा छलफल गरेका थिए । छलफलमा ऊर्जा, सम्पर्क सञ्जाल, संस्कृति र डिजिटल प्रविधिका क्षेत्रमा दुई देशबीच भएको सहकार्यलाई जोड दिइएको थियो ।

    ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो। भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ। हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल गर्यौं। हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौं।’ सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मोदीले भनेका छन् ।

    उनले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त सकारात्मक नतिजा, विशेष रूपमा विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रमा भएका प्रगतिबारे पनि छलफल भएको उल्लेख गरे ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »