Close sidebar
  • ताजा
  • लोकप्रिय
  • प्रदर्शनकारीले आगजनी गरेको भवनमा जलेर एभिन्यूजका पत्रकार सुरेश रजकको निधन

    ५ चैत्र, काठमाडौँ । राजधानीको तीनकुनेमा राजावादी समर्थन प्रदर्शनकारीले आगजनी गरेको भवनमा जलेर एभिन्यूजका पत्रकार सुरेश रजकको निधन भएको छ ।

    राजावादीहरूले उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको भवनमा जिउँदै जलेर एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजकले ज्यान गुमाएका छन् ।

    Advertisement

    एभिन्यूज टेलिभिजनका फोटो पत्रकार रजक सो भवनको छतबाट दृश्य खिचिरहेका बेला आगलागीमा परेका थिए । उक्त भवनमा प्रहरी बसेको आरोप लगाउँदै राजावादी समर्थन प्रदर्शनकारीले भवनमा आगो लगाएका थिए, जसका कारण उनी जिउँदै जलेका एभिन्यूजले जनाएको छ ।

    आगलागीपछि भवनबाट उनको जलेको शव फेला परेको छ । उनको शव नचिनिने अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ । प्रहरीसँग झडपपछि प्रदर्शनकारीहरूले उक्त मार्बल हाउसमा आगजनी गरेका थिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »