१३ चैत्र, बाँके । सडकमा लापरवाहीका कारण सबैभन्दा बढी दुर्घटना हुनेगरेको ट्राफिक प्रहरीले बताउँछन् । एउटै व्यक्ति पटक पटक ट्राफिक प्रहरीको कार्वाहीमा पर्ने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ ।
सवारीको क्षमता भन्दा बढी लोड गर्ने, उल्टो लेन प्रयोग गर्ने तथा हेलमेट नलगाएर सवारी साधन चलाउदा ट्राफिक प्रहरीलाई चुनौती बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी बाँकेका प्रमुख निरीक्षक पुस्करराज पन्तले बताउँछन् ।
Advertisement
जिल्ला प्रशासन कार्यालय बाँकेको सभाहलमा पत्रकार समक्ष सम्बोधन गर्दै उनले लापरवाहीका कारण चुनौती थपिदै गएको बताए ।
उनले सात महिनामा बाँकेको अनुभव सुनाउदै भने, ‘यो सात महिनाको अनुभवले सबै भन्दा बढी नेग्लिजेन्स र एउटै व्यक्ति १२ पटक हामी संग कार्वाहीको दायरामा आउनुभएको छ ।’
Advertisement
उनले बाटोको जीर्ण अवस्थाका कारण पनि दुर्घटना हुने गरेको बताउँछन् । उनले भने, ‘जुनसुकै व्यक्तिले राम्रो बाटो मै हिड्न चाहन्छ । त्यसले गर्दा खाल्डो हेर्ने वित्तिकै डाइवर्ट गर्न खोज्छ ।’
Advertisement
सवारीको चाप बढ्दै गएको हुनले सडक दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक प्रहरीले विभिन्न उपाय अपनाउदै आएको छ । गति नियन्त्रण गर्न राडर गनको प्रयोग, साझाको समयमा मापसे चेकिङ गर्दै आएको ट्राफिक प्रहरी पन्तले जानकारी गराए ।
नजिक नजिक चेकिङ हुने गरेको गुनासोलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले टु वे गरेर प्लानिङ गरेर निकालेका हुन्छौं । हामीलाई कुनै पनि यात्रु तथा सवारी साधनलाई दुःख दिने नियत हुदैँन । हामीले दुर्घटना न्यूनिकरण कसरी होस मात्र चाहन्छौं ।’
Advertisement
मोडिफाई गरेर ध्वनि प्रदुषण गर्ने सवारी साधनलाई कडाईका साथ ट्राफिक प्रहरीको स्पेशल टिमबाट निगरानी भईरहेको निरीक्षक पन्तले जानकारी गराए । उक्त टिमले दुई दिनमै सात वटा मोटरसाइकल ल्याएर कार्वाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाइएको छ ।
यस्तै, उनले खोलाजन्य वस्तु ढुवानी गर्दा सडकमा पानी चुहाउने सवारी साधनलाई जिरो टोलोरेन्समा कारवाही गरीरहेको ट्राफिक प्रहरीले बताउँछन् ।
टिप्पणीहरू