१२ चैत्र, काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको काठमाडौँ महानगर कमिटीले काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन)ले सोमबार राति मदिरा सेवन गरेर आपत्तिजनक स्टाटस लेखेको आरोप लगाएको छ । युवा संघले उनलाई अनुसन्धानको दायरामा ल्याउन माग गरेको छ ।
कहिले सिंहदरबारमा आगो लगाउँछु त कहिले टुकुचामा गाड्छु जस्ता आपत्तिजनक अभिव्यक्ति दिने मयर बालेनलाई कानूनी कठघरामा उभ्याउन सरोकारवाला निकाय सँग युवा संघले माग गरेको छ ।
Advertisement
युवा संघका अध्यक्ष दिपेश सुधाकारले एक विज्ञप्ति जारी गर्दै बालेनले लेखेको स्टाटस ‘…टुकुचामा गाड्छु…’ भन्ने अभिव्यक्ति प्रति युवा संघ महानगर कमिटीको ध्यानाकर्षण भएको जनाएका छन् ।
‘आफ्नो पदीय जिम्मेवारी भुलेर पब र क्लबहरुमा रमाउँदै सस्तो लोकप्रियता र सामाजिकसञ्जालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभियव्यक्ति नदिन र तथ्यलाई अतिरञ्जित गरी समाजलाई भड्काउने अभिव्यक्ति नदिन सचेत गराउँछौ’, विज्ञप्तिमा भनिएको छ ।
टिप्पणीहरू