१२ चैत्र, बाँके । स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रालयमा नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।
Advertisement
प्यूठान निवासी थापा यसअघि तीन वर्ष बोर्ड सदस्यका रुपमा रहेका थिए । नवनियुक्त अध्यक्ष थापाले स्वास्थ्य बिमा सुधार गर्न स्वास्थ्य बिमा नीतिको समीक्षा र सुधार गरी सबै नागरिकलाई समेट्ने योजना रहेको बताए ।
टिप्पणीहरू