Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आज बस्ने राष्ट्रियसभा बैठकमा के–के छन् सम्भावित कार्यसूची?

    १० चैत्र, काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दैछ । आइतबार मध्याह्न सवा १२ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्तुत गरेको ‘प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्‌’ भन्ने प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको हो ।

    Advertisement

    यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्‌’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    बैठकमा उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीनवटा विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »