४ चैत्र, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाबाट लागुऔषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
आज बिहान ११ बजेको समयमा बढैयाताल गाउँपालिका वडा न. ६ मैनापोखर स्थित इलाका प्रहरी कार्यालय मैनापोखरको गेट अगाडि इन्ट्रि पोष्टबाट दुई युवक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको हो ।
Advertisement
गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक राजेश तेलीको कमाण्डमा खटिएको प्रहरी टोलीले गुलरियाबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ४२४७ नम्बरको फोर्स गाडीलाई चेकजाँच गर्दा लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी गराए ।
गाडीमा सवार मधुबन नगरपालिका वडा नं. ८ गाँउ नं. १ बस्ने २५ वर्षिय माधब चन्द र २४ वर्षिय अर्जुन कुंवरलाई चेकजाँच गर्ने क्रममा माधब चन्दले मुखमा राखेर ल्याएको पुडिया फेलापारी नियन्त्रणमा लिएको हो ।
Advertisement
प्लाष्टिक सहित २७ ग्राम ४८० मिलि ग्राम र शुद्ध तौल २४ ग्राम १०० मिलि ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो रङको गिलो पदार्थ फेलापारी दुबै जनालाई उक्त पदार्थ सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।
टिप्पणीहरू