पुष्कर खड्का
४ चैत्र, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकामा गाडी दुर्घटना भएको छ । जिल्लाको लिखु तामाकोसी गाउँपालिका वडा नं ६ खिम्ती छ्तउ्ने खोला नजिक फोर्स गाडी दुर्घटना भएको हो ।
रामेछाप गोकुलगंगा गाउँपालिका वडा ४ बेताली बाट भारतको जयपुर जाँदै गरेको भारतीय आर जे १४ टि डि ८६८७ नम्बरको फोर्स गाडी दुर्घटना भएको जिल्ला प्रहरीले कार्यालय रामेछापले जानकारी दिएको छ ।
Advertisement
जिल्ला प्रहरीले कार्यालय रामेछापले दिएको जानकारी अनुसार उक्त फोर्स गाडी ब्रेकको फेल भई सडकबाट करिब ५ मिटर तल खसेर दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
घाइते हुनेमा रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका–४ बेताली बस्ने सुस्मा खड्का, लेखबहादुर खड्का, पूर्णबहादुर सार्की, सुजन भुजेल रहेका छन् ।
Advertisement
त्यस्तै हेटौँडा उपमहानगरपालिका बस्ने तेजबहादुर खड्का, विष्णुदेवी खड्का, लालवन्दी नगरपालिका –१५ बस्ने कालीबहादुर खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रदीप कुमार सिंहले जानकारी दिनु भयो । उहाँको जानकारी अनुसार बाँकी यात्रु सकुशल रहेको र घाइतेको मन्थली अस्पतालमा उपचार भैरहेको बताउनु भयो ।
टिप्पणीहरू