३ चैत्र, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाएको बताएका छन् ।
विज्ञापन बोर्डले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले वर्तमान सरकार गठन भएपछि अपेक्षित काम गर्न नसके पनि मुलुकलाई असफल राष्ट्रबाट हुनबाट जोगाएको जिकिर गरेका छन ।
Advertisement
उनले पुराना ऐन कानुनले सुशासन कायम नभएको, राजस्व संकलन हुन नसकेको, व्यवसाय प्रवद्र्धननमा समस्या देखिएकाले अध्यादेश ल्याउनुपरेको बताए ।
मन्त्री गुरुङले सरकारको रचनात्मक आलोचना भए सुध्रिने मौका पाउने बताए ।
टिप्पणीहरू