Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्ज–२१ द्वारा कर्ण बाबा प्राथमिक विद्यालयलाई विद्युतीय उपकरण हस्तान्तरण

    ३ चैत्र, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ ले शिक्षाको गुणस्तर बढाउन कर्ण बाबा प्राथमिक विद्यालयलाई विद्युतीय उपकरण सहितको सामाग्री हस्तान्तरण गरेको छ ।

    नेपालगञ्ज–२१ का वडाअध्यक्ष राजकुमार साहु, सदस्य मेराज अहमद बागवान, वडासचिव सूर्य नेपालीले आज एक कार्यक्रम बीच विद्यालयका प्रध्यानाध्यापक शेखर रावत र विव्यस अध्यक्ष पाटकदिन कुर्मीलाई उपकरण हस्तान्तरण गरेका हुन ।

    Advertisement

    विद्यालयलाई प्रविधि संग जोड्न सहज हुने गरी ल्यापटप, प्रिन्टर, किबोर्ड, माउस, रिबल्बिङ कुर्ची, काठको टेबल, कम्प्युटर टेबल, कार्पेट, आइरन टेबल लगायतका सामाग्री हस्तान्तरण गरिएको वडासचिव सूर्य नेपालीले जानकारी दिए । उनले नेपाल सरकारको प्रचलित मापदण्ड अनुसार स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको बताए । उनका अनुसार वडाको एक लाख ५० हजार बजेटको परिधिभित्र रहेर यस विद्यालयका लागि सामाग्री हस्तान्तरण गरिएको हो ।

    विगत ११ वर्ष देखि प्रधानाध्यापक पदमा कार्यरत रावतले आफु यस विद्यालयमा आउदै गर्दा सानो झुपडीबाट सुरुवात गरेको र हाल संरचनागत कक्षा कोठा व्यवस्थापन भएको अनुभव सुनाए । उनले वडाध्यक्ष साहु नेतृत्वको जनप्रतिनिधिको प्रसंशा गर्दै विद्यार्थी र शिक्षकहरुका लागि बस्ने व्यवस्था समेत नभएको अवस्थामा साथ र सहयोग गरेको जानकारी गराए । उनले गत वर्ष मात्रै शौचालय, पानीको व्यवस्था गरिएको बताए ।

    Advertisement

    प्रधानाध्यापकले घरयासी कामकाजका कारण विद्यार्थी निरन्तर विद्यालयमा नपुग्नु नै मुख्य चुनौती भएको जानकारी गराए । यद्दापी आफुहरु निरन्तर अभिभावकलाई सचेत र अनुरोध गराउदै आएको बताए ।

    आम्दनीको आन्तरिक श्रोत समेत नभएको उक्त विद्यालयलाई विशेष निगरानीमा राखेर शैक्षिक गुणस्तर सुधार गर्न निरन्तर सहयोग गर्दै आएको वडाध्यक्ष साहुले जानकारी दिए । यस वडामा सञ्चालन रहेका विद्यालयमा समय समयमा अनुगमन गर्ने गरेको र आवश्यकता अनुसार बजेटमा समेत प्राथमिकता दिदैँ आएको उनको भनाई छ ।

    Advertisement

    विद्यार्थीको सहभागिता बढाउन उनीहरुका अभिभावकलाई समेत सचेत गराउदै आएको बताउदै यो विद्यालय समेत उनकै पहलमा दर्ता भएको जानकारी गराए । उनले भने, ‘यो विद्यालय सुरुमा दर्ता नै मैले गराएको हो । यो विद्यालयको चार विगहा १२ कट्ठा पाँच धुर गौचरको जग्गा हो । यसलाई कर्ण बाबा मन्दिरको नाममा दर्ता गराएर यसैमा विद्यालय सञ्चालन गरेको हो । यो जग्गाको पनि सुरुवातबाटै संस्थापक अध्यक्ष हो । यो सञ्चालन गर्ने बेलामा हाम्रो टिम पनि थियो ।’

    Advertisement

    उनले वडाबाट हुने सहयोग वडाबाट र नसकेको अवस्थामा प्रधानाध्यापक संगको समन्वयमा नगरपालिकाबाट योजना ल्याएर विद्यालयको स्तर सुधार गरेको जानकारी गराए । आफुले अनुगमनको क्रममा विद्यार्थीमा धेरै सुधार भएको पाएको जानकारी दिए ।

    उक्त सामाग्रीले विद्यालयको कामकाजमा सहज पुर्‍याउने र प्रविधि संग समेत जोड्ने अपेक्षा गरिएकाे छ । उपकरण बुझ्‌दै प्रधानाध्यापक रावतले वडा कार्यालयलाई धन्यवाद समेत ज्ञापन गरेका थिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »