२८ फाल्गुन, काठमाडाैँ । होली रङ्गहरूको पर्व हो । यो दिन सेतो रङ्गको पहिरनमा सजिएर एक अर्कामा रङ्ग लगाउँदै खुशीयाली बाँडिन्छ ।
होली पर्वमा महिलाले सेतो कुर्ता र पुरुषले सेतो रङ्गको कमिज लगाउने प्रचलन छ । पछिल्लो समय यो ट्रेन्ड अझै विस्तार भएको पाइन्छ । होली पर्वमा सेतो कपडा लगाउने ट्रेन्ड त छ तर यो किन लगाइन्छ भन्ने कमैलाई मात्रै थाहा हुन सक्छ ।
Advertisement
सेतो रङ्गलाई शान्तिको प्रतीक मानिन्छ । यो पर्व आपसी तिक्तता भुलेर मिलिजुली रमाइलो गर्ने पर्व पनि हो । मानिसहरु मानवता र भाइचारा दर्शाउनका लागि होलीमा सेतो कपडा लगाउँछन् ।
यो पर्व दुई दिन सम्म मनाइन्छ, जसमा पहिलो दिन होलिकाको दहन गरिन्छ । शास्त्रका अनुसार त्रेता यूगमा भगवान विष्णुका परम भक्त अर्थात् हिरण्यकश्यपुका पुत्र प्रहलादलाई उनकै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आफैँ आगोमा भष्म भएकी थिइन्, त्यसकारण यो दिन होलिकाको दहन गरिन्छ ।
Advertisement
प्रहलाद त्यस समय भगवान विष्णुकै नाम जपिरहेका थिए, त्यसकारण उनी सुरक्षित रहेको विभिन्न किंवदन्ती पाइन्छ । होली पर्व असत्यमाथि सत्यको जीतको प्रतिक हो । सेतो रङ्ग पनि सत्यको प्रतिक हो ।
सेतो रङ्गमा हरेक रङ्ग खुल्छ । साथै सेतो रङ्गले कुल लुक्स पनि दिन्छ, हरेकलाई सुहाउँछ पनि यो रङ्ग । त्यसकारण पनि मानिसहरू होलीमा सेतो रङ्गका कपडा लगाउन मन पराउँछन् ।
Advertisement
– एजेन्सी
टिप्पणीहरू