Close sidebar
  • ताजा
  • लोकप्रिय
  • होलीमा बाँकेमा एक हजार बढी सुरक्षाकर्मी तैनाथ गरिदै, जबर्जस्ती रङ्ग नदल्न आग्रह

    २८ फाल्गुन, बाँके । होलीलाई लक्षित गरेर बाँकेमा एक हजार बढी सुरक्षाकर्मी परिचालन गरिदैछ । सदभावको पर्वको रुपमा रहेको होलीलाई मर्यादित तरिकाले मनाउन नेपालगञ्जमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती रह्‌नेछ ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक (एसपी) तुल बहादुर कार्कीले रङ्गको पर्व होली सभ्य रुपमा मनाउन आग्रह गरेका छन् ।

    Advertisement

    यस वर्ष पहाडमा फागुन २९ गते र तराईमा चैत्र १ गते होली पर्व परेको हुनले जथाभावी रंग नछ्याप्न र अविर नदल्न उनले आग्रह गरेका छन् ।

    बिना सहमति कोहि कसैलाई रङ्ग छ्याप्न र अविर दल्ने कार्य कानुन विपरित भएको जिल्ला प्रहरी कार्यालयले सार्वजनिक अपिल गरेको छ ।

    Advertisement

    होलीलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न बाँकेमा सुरक्षा व्यवस्था कडा बनाइने छ । नेपालगञ्जमा मात्र एक हजार सुरक्षाकर्मी परिचालन गरिने एसपी कार्कीले जानकारी गराए । सम्वेदनशिल, अति सम्वेदनशिल ठाउँको पहिचान गरि उनले बाँके भर एक हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने बताए ।

    उनले भने, ‘सम्बेदनशिल क्षेत्रको पहिचान गरि चोक–चोका सादा पोशाक र बर्दी सहितका प्रहरी परिचालन गरिने छ नै गाडीबाट मोबाइल गस्ती समेत हुनेछ ।’

    Advertisement

    कसैको इच्छा विपरित रङ्ग दल्ने, लोला हान्ने वा होली खेल्ने नाममा अभद्र व्यवहार गरेको पाइए तत्काल कारवाहीको दायरामा ल्याइने एसपी कार्कीले स्पष्ट पारे ।

    Advertisement

    यतिबेला रमजान महिना भएकोले इस्लाम धर्मावलम्वीहरु नमाज पढ्न मस्जिदमा जाने र फर्किने भएकोले सजग हुन उनले आग्रह समेत गरेका छन् ।

    ‘तपाई हाम्रो सानो गल्तीले सद्भावको सहर नेपालगञ्जमा नराम्रो परिस्थिति सिर्जना हुन सक्छ । यसतर्फ सवैले ध्यान पुर्याउनु हुने छ भन्ने विश्वास लिएको छु’ उनले भने ।

    एसपी कार्कीले होली र रमजानको शुभकामना दिदैँ, ‘सवैलाई आ–आफ्नो धार्मिक मान्यता अनुसार चाडपर्व मनाउने अधिकार छ । आफ्नो पर्व मनाउने क्रममा अर्काको धर्मको पनि कदर गर्नुपर्ने हुन्छ । आफ्नो पर्व मनाउने क्रममा अरुको धर्म माथि आँच आउने काम कोही कसैले गर्न हुँदैन’ भनेका छन ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »