Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २४ बर्ष पछि पक्राउ

    २६ फाल्गुन, भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ गरेको छ ।

    भोजपुर पौवादुम्मा गाउँपालिका–६ का ४६ बर्षीय शान्त कुमार राईलाई घटनाको २४ बर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।

    Advertisement

    भोजपुरको सविक ठुलोदुम्मा गा.वि.स.–८ का बिजय कुमार राईलाई शान्त कुमार राईले २०५७ साल साउन १३ गते मरणासन्न हुने गरी कुटपिट गरी घाईते बनाएकोमा बिजय कुमारको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा साउन १८ गते मृत्यु भएको थियो ।

    घटना पश्चात तत्काल भागी फरार रही लुकि छिपी बस्दै आएका राईको खोजतलासको क्रममा गाउँ घरमा नै आएको अवस्थामा प्रहरीले २०८१ साल फागुन २५ गते पक्राउ गरेको हो ।

    Advertisement

    पक्राउ परेका राईलाई तोकिएको कैद सजाय भुक्तानको लागि जिल्ला कारगार भोजपुर पठाईएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »