Close sidebar
  • ताजा
  • लोकप्रिय
  • शिक्षकले भोलि देखि पार्टी कार्यालय घेराउ गर्ने

    २६ फाल्गुन, काठमाडौँ । नेपाल शिक्षक महासंघले मंगलबार देखि राजनीतिक दलका कार्यालय घेराउ गर्ने भएको छ ।

    दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत पार्टी कार्यालय घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेको हो ।

    Advertisement

    फागुन २७ गते देखि चैत्र ५ गतेसम्म राजनीतिक दलका केन्द्रीय कार्यालयमा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम घोषणा गरेको हो ।

    दोस्रो चरणको आन्दोलन अन्तर्गत महासंघले फागुन २७ गते नेपाली कांग्रेसको कार्यालय, २८ गते एमाले पार्टी कार्यालय घेराउ गरिने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

    Advertisement

    यस्तै, चैत्र १ गते नेकपा माओवादी केन्द्रको कार्यालय, चैत्र २ गते नेकपा एकीकृत समाजवादीको कार्यालय, चैत्र ३ गते राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, चैत्र ४ गते जसपा, लोसपा र राजमोको कार्यालय र चैत्र ५ गते जनमत, नागरिक उन्मुक्ति र राप्रपाको कार्यालय घेराउ गर्न लागेको अध्यक्ष सुवेदीले बताए ।

    लामो समयदेखि विद्यालय शिक्षा ऐन जारी गर्न नसकेको भन्दै ऐन जारी गराउन दबाब दिन महासङ्घले माघ २० गतेदेखि आन्दोलन थालेको हो ।

    Advertisement

    यस्तै, सांसदहरू सँग भेटघाट कार्यक्रम समेत अघि सारिएको छ । महासंघले चैत २० गते देखि काठमाडौँका सडकमा अनिश्चितकलीन आन्दोलन गरिने छ । यस अवधिमा सबै सरकारी कामकाजको बहिष्कार गरिने चेतावनी समेत महासंघले दिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »