Close sidebar
  • ताजा
  • लोकप्रिय
  • राष्ट्रियसभा अध्यक्ष दाहालले गरे ४ वटा विधेयक प्रमाणित

    २६ फाल्गुन, काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चार वटा विधेयक प्रमाणित गरेका छन ।

    अध्यक्ष दाहालले राष्ट्रियसभामा उत्पत्ति भएका चार वटा विधेयकलाई सोमबार प्रमाणित गरेका हुन ।

    Advertisement

    अध्यक्ष दाहालले प्रमाणित गरेका ती विधेयकहरूलाई प्रमाणीकरणका लागि मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेल कहाँ पठाइने संसद सचिवालयले जनाएको छ ।

    उनले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०, विद्युतीय व्यापार विधेयक, २०८०, विधायनसम्बन्धी विधेयक, २०८० र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ प्रमाणित गरेका हुन ।

    Advertisement

    संविधानको धारा ११३ को उपधारा (१) बमोजिम राष्ट्रियसभा अध्यक्षले प्रमाणित गरी धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्नुपर्दछ ।

    विधेयक राष्ट्रपतिले प्रमाणित गरेपछि कानुन बन्ने कानुनी व्यवस्था छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »