Close sidebar
  • ताजा
  • लोकप्रिय
  • एउटा जुलुस निकाल्नुपर्यो भने विदेशीको तस्बीर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौंः केपी ओली

    २६ फाल्गुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैरसरकारी संस्थाहरूलाई आग्रह गरेका छन ।

    गैरसरकारी संस्था महासंघको ११औं महाधिवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्बर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए ।

    Advertisement

    प्रधानमन्त्री ओलीले सामाजिक संस्थाले असफलताको मात्र नभई सफलता, आशा र उपलब्धिको चर्चा गर्न सुझाव दिँदै विकासको प्रयासमा कुनै प्रकारको अवरोध सिर्जना हुन नदिने स्पष्ट गरे ।

    राजतन्त्र पक्षधरको आइतबारको कार्यक्रमलाई लक्षित गर्दै उनले भने, ‘एउटा जुलुस निकाल्नुपर्यो भने विदेशीको तस्बीर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौं ।’

    Advertisement

    उनले थप भने, ‘अलोकतान्त्रिक, प्रणालीविरोधी र असंवैधानिक कुराहरूमा लाग्ने हामीलाई फुर्सद छैन । हामी हरेक दिन एक कदम अगाडि भन्ने सोचका साथ समृद्ध नेपालको यात्रामा छौं ।’

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »