Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीलाई ज्यान मार्ने धम्की

    २६ फाल्गुन, बाँके । नेपाली कांग्रेस बाँकेले पार्टीका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य मैकुलाल बाल्मिकीलाई ज्यान मार्ने धम्की दिएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    नेपाली कांग्रेस बाँकेले एक विज्ञप्ति जारी गर्दै बाल्मिकीलाई बारम्बार चन्दा रकम माग्दै, नदिएको खण्डमा ज्यान मार्ने धम्की आइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    Advertisement

    यस्ता कार्यमा संलग्न व्यक्तिलाई अनुसन्धान गरी कारबाही गर्न सम्बन्धित निकायसंग जोडदार माग गरेको कार्यबहाक सभापति गोपाल प्रसाद अधिकारीले बताए ।

    उनले जारी गरेको विज्ञप्तिमा, ‘कोभिड १९ पछि आएको विश्वव्यापी आर्थिक मन्दीको मारमा नेपाली जनता र निजी क्षेत्र पनि परेका छन् । देशको भविष्यलाई मार्गनिर्देश गर्न सक्ने शैक्षिक क्षेत्रमा पनि नराम्ररी प्रभाव परिरहेको छ । देशको आर्थिक अवस्थालाई सुधार गर्न सबै क्षेत्रबाट सहकार्य, सद्भाव र समन्वयको आवश्यकता भइरहेको बेला नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य मैकुलाल मैकुलाललाई बारम्बार चन्दा रकम माग्दै, नदिएको खण्डमा ज्यान मार्ने धम्की आइरहेको घटनाप्रति नेपाली कांग्रेस बाँकेको गम्भीर ध्यानाकर्षण भएको छ’ भनिएको छ ।

    Advertisement

    नेपालगञ्ज हेल्थ क्याम्पसका अध्यक्ष समेत रहेका बाल्मिकीलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) संगठनको विद्यार्थी नेता भन्दै धम्क्याउने, ज्यान मार्ने धम्की दिने जस्ता कार्यहरु बारम्बार हुनु नेपालको कानुन विपरीतको कार्य कांग्रेसले जनाएको छ ।

    ‘नेपालगञ्ज हेल्थ क्याम्पसका कर्मचारी र अध्यक्ष बाल्मिकीको चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा सार्वजनिक गर्ने, चन्दा माग्दै ब्ल्याकमेल गर्ने जस्ता गतिविधि हुनु निन्दनीय कार्य हो । यस्ता गतिविधिमा संलग्नलाई तत्काल पहिचान गरेर कारबाही गर्न नेपाल प्रहरी र प्रशासनको ध्यानाकर्षण गराउँदछौं’ विज्ञप्तिमा भनिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »