Close sidebar
  • ताजा
  • लोकप्रिय
  • शिक्षकलाई आन्दोलन नगरी घर फर्किन शिक्षा समिति सभापतिको आग्रह

    फाइल तस्बिर

    २५ फाल्गुन, काठमाडौँ । शिक्षकलाई आन्दोलन नगरी घर फर्किन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले आग्रह गरेका छन् ।

    विद्यालय शिक्षा विधेयक पास गर्न माग राख्दै चरणबद्ध आन्दोलन गरिरहेका शिक्षकलाई सभापति थापाले शिक्षकले उठाएको भन्दा बढी माग पूरा हुने बताउँदै आन्दोलन नगरी घर फर्किन सुझाव दिए । शनिबार देशभरबाट आन्दोलनका लागि शिक्षक काठमाडौँ आएका थिए ।

    Advertisement

    शिक्षकले उठाएको र सम्झौता गरेको भन्दा बढी माग पूरा हुने सभापति थापाले बताए । उनले सात वटा प्रदेशबाट आएको प्रतिवेदन र विधेयकमा परेको संशोधनलाई एकीकृत गरेर विधेयक पास गरिने जानकारी गराए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »