Close sidebar
  • ताजा
  • लोकप्रिय
  • टेकु स्थित ढलभित्र फसेका एक व्यक्तिको उद्धार

    प्रशासन

    २५ फाल्गुन, काठमाडौँ । काठमाडौँ महानगरपालिका टेकु स्थित ढलभित्र फसेका एक व्यक्तिको उद्धार गरिएको छ ।

    महानगरपालिका–२ टेकुस्थित कनक पेट्रोल पम्प नजिकैको ढलभित्र छिरेका पुरुषलाई विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले उद्धार गरेको हो ।

    Advertisement

    आइतबार बिहान ६:४५ बजे उनी ढलमा खसेका थिए । ढलमा खसेको जानकारी पाउनसाथ प्रहरीको विपद् व्यवस्थापनको टोलीले उद्धार गरेको हो । प्रहरीका अनुसार उद्धार गरिएका व्यक्ति सुस्त मनस्थितिको रहेका छन् । उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको प्रहरीले जनाएको छ ।

    उद्धार गरिएका व्यक्तिको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »