Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सुर्खेत र धनगढी विमानस्थलमा यती एअरलाइन्सको परीक्षण उडान

    फाइल तस्बिर

    २४ फाल्गुन, सुर्खेत । यती एअरलाइन्सले शनिबार सुर्खेत र धनगढी विमानस्थलमा परीक्षण उडान गरेको छ ।

    निजी वायुसेवा कम्पनी यती एअरलाइन्सको एन–एएमएनको एटीआर ७२ विमानले कर्णाली प्रदेशको राजधानी स्थित सुर्खेत विमानस्थल र सुदूरपश्चिम प्रदेशको धनगढी विमानस्थलमा परीक्षण उडान गरेको हो ।

    Advertisement

    नेपालगञ्ज विमानस्थलबाट उडेको यतीको विमान सुर्खेत विमानस्थलमा दिउँसो सवा १२ बजे अवतरण गरेको वायुसेवा कम्पनीले जनाएको हो ।

    यस्तै, नेपालगञ्जबाटै उडेको सोही विमान दिउँसो साढे १ बजे धनगढी विमानस्थलमा अवतरण गरेको थियो ।

    Advertisement

    दुवैठाउँमा सफलातपूर्क परीक्षण उडान भएका एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

    यती एअरलाइन्सले उक्त विमानस्थलमा निकट भविष्यमा नियमित उडान गर्ने तथा वैकल्पिक विमानस्थलको रूपमा प्रयोग गर्ने उद्देश्यले परीक्षण उडान गरेको जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »