Close sidebar
  • ताजा
  • लोकप्रिय
  • स्वदेश फर्किन बाध्य युवाको कथा ‘प्रेम पूजा’ सार्वजनिक (भिडियो)

    १८ फाल्गुन, काठमाडौँ । वैदेशिक रोजगारीबाट पैसा नकमाई स्वदेश फर्किन बाध्य भएको युवाको पीडा समेटिएको नेपाली चलचित्र ‘प्रेम पूजा’ काव्या फिल्म्सको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

    चलचित्रमा राज न्यौपाने, नियुक्ति शेर्पा, समिता रिजाल, विष्णु भण्डारी, विश्वनाथ घिमिरे, शिला कटुवाल, अरुण दर्नाल, र दिलीप न्यौपाने प्रमुख भूमिकामा छन् । कलाकारहरूको सशक्त अभिनयले कथालाई जीवन्त बनाउँदै दर्शकलाई गहिरो भावनात्मक रूपमा जोड्न सफल भएको छ ।

    Advertisement

    चलचित्रको छायांकन रामकृष्ण चौलागाईंले गरेका छन्, भने सम्पादनको जिम्मेवारी सुवास देवकोटाले सम्हालेका छन् । सहायक निर्देशनमा इन्दिरा राज न्यौपानेको महत्वपूर्ण योगदान रहेको छ, जसले चलचित्रलाई अझ प्रभावशाली बनाएको छ ।

    काव्या फिल्म्सको विशेष प्रस्तुति ‘प्रेम पूजा’, निर्देशक राज न्यौपानेको कुशल निर्देशनमा तयार पारिएको उत्कृष्ट सिनेमाटिक कृति हो । यस चलचित्रले कथावस्तु, निर्देशनको कलात्मक दृष्टिकोण र सिनेमाटोग्राफीको उत्कृष्ट संयोजन प्रस्तुत गर्दै नेपाली चलचित्र उद्योगलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।

    Advertisement

    यो प्रेमकथा मात्र नभई, प्रेम, समर्पण, संघर्ष, जीवनका चुनौतीहरू, प्रतिबद्धता, र आत्मबलिदान को गहिराइलाई कलात्मक रूपमा उजागर गर्ने यो चलचित्र भावनात्मक रूपमा हृदयस्पर्शी छ। दमदार अभिनय, सशक्त कथा, र उत्कृष्ट प्राविधिक पक्षले भरिएको “प्रेम पूजा“ हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पूर्ण दर्शकलाई आग्रह गरेको छ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »