Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्ज भन्सारबाट पाँच हजार ट्रामाडोल सहित तीन जना पक्राउ

    १७ फाल्गुन, बाँके । बाँकेको नेपालगञ्जबाट पाँच हजार ट्रामाडोल (लागु औषध) सहित तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ भन्सार चोकबाट आज विहान भारतबाट नेपाल आउदै गरेका तीन जनालाई ईलाका प्रहरी कार्यालय जयसपुरले नियन्त्रणमा लिएको हो ।

    Advertisement

    नेपाल तर्फ आउदै गरेको युपी ४० आर ७१४५ नं.को मोटरसाइकलका चालक नेपालगञ्ज १६ का २४ वर्षिय नफिस अहमद कबडिया, मोटरसाइकलमा सवार भारतको कलकत्ता घर भई हाल नेपालगञ्ज १० ट्राफिक चोक बस्ने ३८ वर्षिय जियाउल शेष र भारतको जगोर घर भई नेपालगञ्ज १० ट्राफिक चोक बस्ने १८ वर्षिय सद्दाम सैयादलाई चेकजाँच गर्ने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार तीनै जनालाई पक्राउ गरेर अनुसन्धान भईरहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »