राजेन्द्र महतो
१७ फाल्गुन, सप्तरी । सप्तरीबाट लागू औषध सहित दुई युवालाई प्रहरीले पक्राउ गरेका छ्न।
Advertisement
पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका -९ सयपत्री टोलका २१ बर्शिय चुडामणि राय माझी र सोही ठाउँका २० वर्षिय सुमन परियार रहेका छ्न।
प्रहरी चौकी मौवाहा मल्हनियाका प्रहरी सहायक निरीक्षक हेमन्त तामाङको कमान्डमा खटिएको टोलि ले बलान बिहुल गाउँ पालिका- १ बलान खोला बाट भारत को लौकहा ठाडी बाट पैदल आउदै गरेको राय र परियारलाई चेक जाँच गर्दा निजको साथ बाट फेनारगन -९७ पिस ,डाइजेपान -९७ पिस ,आइ पि पि एल -९७ पिस गरि जम्मा -२९१ पिस र नाइट्रोभेट -१५ पिस फेला परेको हुदा दुबै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
Advertisement
पकाउ परेका दुबै जनालाई आबश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरी पठाइने प्रहरी चौकी मौवाहा मल्हनियाले जनाएको छ।
टिप्पणीहरू