१४ फाल्गुन, बाँके । पश्चिम क्षेत्रको मुख्य शहरको रुपमा परिचित नेपालगञ्जमा ट्राफिक व्यवस्थापनलाई अनुशासित बनाउन अभियान थालिएको छ ।
केही महिना यता विभिन्न सरोकारवाला निकायको संयुक्त प्रयासपछि नेपालगञ्जको मख्य क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सुधार आएको छ । सदरलाईनमा दुबै तर्फ सवारी साधन पार्किङ गरिँदा मख्य सडक नै साँघुरो भएर ट्राफिक अस्तव्यस्त हुने गरेको थियो । त्रिवेणीमोड देखि त्रिभुवनचोक सम्म जाममा परेर करिब ३० मिनेट सम्म समय लाग्ने गरेको समेत ट्राफिक प्रहरीको अनुभव छ ।
Advertisement
उक्त क्षेत्रमा जथाभावी पार्किङ, सडकपेटी मिचेर व्यवसायीले सामान राखदिने, बढी ट्राफिक हुने स्थानमा लेन पालना गराउन कठिनाइ हुने भएकोले समाधान अनुरुप सडकको मध्य भागमा मात्रै पार्किङको व्यवस्था मिलाइएको छ । अहिले सदरलाइन सडकको मध्यभागमा ट्राफिक प्रहरीले मार्किङ गरेको भागमा मात्रै पार्किङ गर्न मिल्ने व्यवस्था मिलाएको र त्यसलाई पालना गराउन पनि प्रहरी परिचालन गरिएको छ ।
सडकको मध्यभागमा सात फिटमा मार्किङ गरेर दुई पांग्रे सवारी साधनलाई पार्किङ गर्ने व्यवस्था गरेको र बाँकी भागलाई यत्तिकै सवारी साधन गुड्ने व्यवस्था गरेको बरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) प्रवीण आचार्यले जानकारी दिए ।
Advertisement
यस्तै, सडकपेटीलाई खाली गराएर पैदलयात्रीलाई सहज बनाएको उनले नाईल खबरसंग भने ।
Advertisement
उनले भने, ‘पार्किङको समाधानका लागि सुरुमा यहाँका व्यवसायी, जनप्रतिनिधिहरु संग बसेर छलफल गर्यौ । त्यस अनुरुप सडकको मध्य भागमा सात फिट दुई पांग्रेको लागि छोडेर सडकको दुवै तर्फ खुल्ला राख्ने निस्कर्ष निकालेको हो । मध्य भाग बाहेक कतैपनि पार्किङ गर्न पाइएन र फुटपातमा सामान राख्न पाइएन ।’
उनले नाईल खबरको पश्नमा थप भने, ‘यसो गर्दा यहिका व्यवसायीहरु खुसी भए । उनीहरुले हामी आफै गर्छौ भने अनि हामीले मिडिएटरको रुपमा काम गर्दिराखेका छौं । यहाँको व्यवसायीहरु कै कारण यो सम्भव भएको हो ।’
Advertisement
नेपालगञ्ज उद्योग वाणिज्य संघ, व्यवसायी, जनप्रतिनिधि, नगर प्रहरी, नेपाल प्रहरी र नेपालगञ्ज उपमहानगरपालिका संग समेत समन्वय गरेर सर्वसाधारणको लागि सडकपेटी खाली गराएर ट्राफिक व्यवस्थापन गरिएको ट्राफिक प्रहरीले बताउँछ ।
स्थानीय सरकार संग समन्वय गरेर अवैध र कागजपत्र पूरा नभएका ई–रिक्सालाई नियन्त्रणमा लिने तयारी छ । ट्राफिक प्रहरी आचार्यले भने, ‘वैधानिक रुपमा चलिरहेका ई–रिक्सा चल्न पाउनुपर्छ र चाढै नै नम्बर प्लेट नभएका, पुराना ई–रिक्सालाई नियन्त्रणमा लिन लागेको अवस्था छ ।’
ट्राफिक प्रहरीले ई–रिक्सा चालकलाई पनि नियमित रुपमा सचेतनामुलक कार्यक्रम मार्फत समेत गराउदै आएको छ । हिजोको दिनमा र अहिलेका ई–रिक्सा चालकमा धरै फरक देखिएको अवस्था रहेको ट्राफिक प्रहरीले बताउँछ ।
ई–रिक्सा चालकको अनिवार्य रुपमा लाइसेन्स चाहिएपनि अहिलेको अवस्थामा लाइसेन्स नभएका चालकहरुको लागि नेपालगञ्ज उपमहानगरपालिकाले चालक परिचयपत्रको व्यवस्था गरेको जसले उनीहरुलाई थप अनुशासित र जिम्मेवारी पनि बनाउने ट्राफिक प्रहरीको भनाई छ ।
टिप्पणीहरू