Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सडकपेटीबाट उठाएका सामान अब फिर्ता हुँदैनः नगर प्रहरी निरीक्षक सूर्य बोगटी

    १२ फाल्गुन, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी कडा एक्सनमा उत्रिएको छ । सडकपेटी खाली गराउन नगर प्रहरी निरीक्षक सूर्य बोगटी आफै खटिएका छन ।

    नगरप्रहरीले नेपालगञ्जको मुख्य व्यापारिक क्षेत्र सदरलाइनको सडकपेटी खाली गराउन अभियान थालेको हो । बढी भिडभाड हुने यस स्थानमा पैदलयात्रीलाई हिड्न सास्ती भएपछि सडकपेटी खाली गराउन नगर प्रहरी परिचालन गरिएको छ ।

    Advertisement

     

     

    Advertisement

    नगर प्रहरी निरीक्षक बोगटीले नाईल खबरसंग सडकपेटी जनताको मौलिक अधिकार रहेको बताएका छन । उनले नाईल खबरको प्रश्नमा भने, ‘सडकपेटी जनहितको लागि हो । यो व्यापारिक दृष्टिले व्यवसायीहरुले सटर राख्नुभएको छ । पार्किङको लागि पनि हामीले व्यवस्था गरेका छौं ।’

    तर व्यापारीले अटेरी गरेको हुनले सडकपेटी खाली गराउन अभियानमा लागेको नगर प्रहरीको भनाइ छ । ‘हुन त हामीले पटक पटक सूचना पनि जारी गरेका छौं । तर नमाने पनि सामान उठाउन बाध्य भएका छौं ।’

    Advertisement

    यस अघि उठाएको सामान जरिवाना काटेर फिर्ता गर्ने गरेको भएपनि अब जफत हुने गरी अभियानलाई अगाडि बढाएको हो । सवारीको चाप बढी र पार्किङ स्थल प्रयाप्त नभएको हुनले अहिले सदरलाइनको दुवै तर्फको बाटो सवारीसाधन गुड्ने र बीच बाटोमा पार्किङको व्यवस्था गरेको नगरप्रहरीले जनाएको छ । ठाँउ ठाँउमा ट्राफिकले दिएको पार्किङमा मात्र सवारी साधन पार्किङ गर्न नगरप्रहरीले आग्रह समेत गरेको छ ।

    Advertisement

    नगरप्रहरीको जनशक्ति भएपनि कमान्डरको कमिका कारण पनि समस्या भएको नगरप्रहरी निरीक्षक बोकटीले नाईल खबरलाई भने । यद्दापी नेपालगञ्ज उपमहानगरपालिकाले कमान्डर भर्नको लागि माग गरिसकेको हुनले केही समयमा उक्त समस्या पनि समाधान हुने बताइएको छ ।

    ई–रिक्साको पनि आइतबारबाट चेकिङ सुरु भएको नगरप्रहरी निरीक्षक बोकटीले बताए । उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिलका भित्र दर्ता नभएका ई–रिक्सा चलाउन नपाउने गरी अभियानलाई निरन्तरता दिइनेछ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »