११ फाल्गुन, बाँके । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले नयाँ सदस्यता थप्ने क्रममा अवधी पत्रकार संघ नेपालका सबै सदस्यहरुले महासंघको सदस्य बन्ने योग्यता बनाएर आउन सुझाएका छन ।
अवधी पत्रकार संघ नेपालको १५ औं जिल्ला वार्षिक साधारण सभा एवं पाँचौ जिल्ला अधिवेशनमा अध्यक्ष गिरीले अवधी पत्रकार संघलाई पत्रकारहरुको संगठन हो र यसलाई पत्रकारहरुको संगठन बनाउने कि नबनाउने यसलाई अरुले प्रश्न गर्ने संगठन बनाउने ? त्यो हाम्रो कर्ममा भर पर्ने बताएका छन ।
Advertisement
संघमा आवद्ध पत्रकारलाई प्रेरित गर्ने गरी अबको नेतृत्व आउन अध्यक्ष गिरीले शुभकामना समेत व्यक्त गरेका छन ।
पत्रकार महासंघको नयाँ सदस्यता थप्ने क्रममा अवधी पत्रकार संघका सबै ७६ जना सदस्यले नेपाल पत्रकार महासंघको सदस्य बन्ने योग्यता बनाएर आउन आह्वान गर्दै आफुले समेत खुल्ला हृदयले स्वागत र सहयोग समेत गर्ने बताएका छन ।
Advertisement
उनले भने, ‘किन भने भोलि योग्यताका कुरा आउँछन, क्रियाशिलताका कुरा आउँछन, प्रमाणका कुराहरु आउँछन । त्यत्ति मात्र होइन ! तपाईले कागज बनाउन सक्नुहोला । यो भन्दा अगाडि पनि देखिएको छ । कागजमा बनाउन सकिएला क्रियाशिलता तर आम मान्छेले तपाईलाई पत्रकार भनेर चिन्नु पर्यो, हामीले पत्रकार भनेर चिन्नु पर्यो । त्यसका निम्ती काम गर्नुस ।’
अध्यक्ष गिरीले पत्रकारहरुको जिविको पार्जन अवलम्बन गर्ने क्रममा तितो उपाय आफुहरुको माझ रहेको जिकिर गर्दै पत्रकारहरुले एउटा सिंगो पत्रकार पेशाले मात्र बाच्न सक्ने अवस्था अझै पनि नबनेको बताए । तर पनि आफुलाई पत्रकार हो भन्ने चिनाउने वातावरण आफैले बनाउन समेत आग्रह गरेका छन ।
Advertisement
उनले नाम कमाउन सकेका अवधी भाषी पत्रकारहरुको उदाहरण दिदैँ इतिहास प्रति गर्व महसुस भइरहेको बताए ।
टिप्पणीहरू