११ फाल्गुन, काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी सम्पर्क विहीन भएको जनाउँदै हाजिर हुन आउने सम्बन्धी सूचना प्रकाशन गरेको छ ।
लामो समय देखि आफूखुसी कार्यालयमा गैरहाजिर भएको र खोजतलास गर्दा समेत सम्पर्कमा नआएकाले अन्तिम पटक ७ दिने सूचना निकालिएको उल्लेख छ ।
Advertisement
उक्त समय भित्र गैरहाजिर रहनुको कारण खोली जवाफ पेस गर्न भन्दै कार्यालयले अन्यथा सेवाबाट हटाउने कारबाही भइजाने सूचनामा उल्लेख गरेको छ ।
टिप्पणीहरू