Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कृष्णनगरको लिंकगेटबाट ब्राउन सुगर सहित दुई जना पक्राउ

    ३० माघ, कपिलवस्तु । कपिलवस्तुमा लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुबाट सोमबार दिउँसो करिब साढे ३ बजेको समयमा कृष्णनगर नगरपालिका वडा नं.०२ लिंकगेट स्थितमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेका दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

    Advertisement

    भारतीय नंम्बर प्लेट एम एच ०२ सि डि १५२६ नंम्बरको कार चेकजाँच गर्ने क्रममा गाडीमा सवार भारतको उत्तर प्रदेशको सिदार्थनगर पोष्ट बढ्नी ग्राम दुधवानिया बुजुर्गका ३६ वर्षिय इकरामुद्दीनको शरिर खानतलासी गर्दा उनको साथबाट एक पुडिया लागु औषध ब्राउन सुगर एक सय मिलिग्राम र सोही कार समेत खानतलासी गर्दा गाडीबाट पाँच पुडिया लागु औषध ब्राउन एक सय ६० मिलिग्राम गरि जम्मा २६० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारेको कपिलवस्तु प्रहरीले जनाएको हो ।

    कार चालक भारतको उत्तर प्रदेश जिल्ला सिदार्थनगर पोष्ट बढ्नी ग्राम दुधवानिया बुजुर्गका १९ वर्षिय नसिम खान र सोही गाडीमा सवार इकरामुद्दीनलाई पक्राउ गरिएको हो ।

    Advertisement

    उनीहरुलाई नियन्त्रणमा लिएर सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »