Close sidebar
  • ताजा
  • लोकप्रिय
  • राजेश पायल राईको स्वरमा ‘रित्तो जन्में’ सार्वजनिक

    २९ माघ, काठमाडौँ । गायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिक भएको छ ।

    गीतकार चन्द्र जयपाल राईको शब्दमा रहेको ‘रित्तो जन्में रित्तो जान्छु’ उनको रेकर्ड भएको तेस्रो गीत हो । विक्रम राईको संगीत, सागर संसार राईको एरेन्ज, किशोर थापाको मिक्सिङ मास्टरिङ र राजेश श्रेष्ठ रेकर्डिस्ट रहेको छ ।

    Advertisement

    उनले रित्तो जन्मिएर रित्तै जानुपर्ने यथार्थता प्रस्तुत गर्दै गीत मार्फत माया प्रेम, सद्भाव र हाँसीखुसी बाँच्नुपर्ने बताएका छन् । ‘ए वान म्यूजिसियन स्टुडियो’ मा रेकर्ड भएको उनको गीत ‘मेनुका राई इन्टरटेनमेन्ट’ युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

    यसअघि उनका तिमी मेरो पारूहाङ (पुरूष) र तिमी मेरो सुम्निमा (महिला) गीत सार्वजनिक भएको छ । सानैदेखि समाज सेवामा अभिरूचि भएका उनी किरात राई चाम्लिङ खाम्बातिम, बेलायतका अध्यक्ष, खोटाङ सेवा समाज, बेलायतका महासचिव र किरात राई यायोक्खा, बेलायतका सचिव हुन् ।

    Advertisement

    गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस: 

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »