Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सक सहित कर्मचारी

    २९ माघ, काठमाडौँ । नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालले विशेषज्ञ चिकित्सक, नर्स सहित विभिन्न कर्मचारी माग गरेको छ । एक सूचना प्रकाशित गरी कलेजले विशेषज्ञ स्वास्थ्य प्राविधिक जनशक्ति माग गरेको हो ।

    सूचना अनुसार कलेजले कार्डियोलोजी, न्यूरोलोजी, ग्यास्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजी, न्यूरो सर्जरी लगायतका विषयमा विशेषज्ञ चिकित्सक माग गरेको छ ।

    Advertisement

    सम्बन्धित विषयमा एमडी, एमएस, डिएम, एमसिएच, एमडिएस पुरा गरेकाहरुले माघ ३० गतेभित्र दरखास्त दिन सक्नेछन् । प्रकाशित सूची अनुसार कलेजले नाक कान घाँटी, फरेन्सिक मेडिसिन, फिजियोलोजी, स्टाफ नर्स, ओरल मेडिसिन तथा रेडियोलोजी, फिजियोथेरापिस्ट तथा हेमोडायलाइसिस टेक्निसियन माग गरिएको छ ।

    Advertisement

    कलेजले अस्पताल तथा सम्बन्धित विषयमा अनुभव हासिल गरेकाहरुलाई प्राथमिकता दिने जनाएको छ । इच्छुक उम्मेदवारले आफ्नो ब्यक्तिगत बायोडाटा इमेल मार्फत पठाउनु पर्नेछ । योग्यता पुगेका उम्मेदवारलाई कलेज प्रशासनले अन्तरवार्ताका लागि बोलाउने छ ।

    स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउँन थप जनशक्तिहरु माग गरिएको हो । कलेजले चाँडै क्याथ ल्याब समेत सञ्चालन गर्न गइरहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »