Close sidebar
  • ताजा
  • लोकप्रिय
  • दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिले पायो पूर्णता

    २९ माघ, बाँके । बाँकेको नेपालगञ्जमा रहेको दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिले पूर्णता पाएको छ ।

    मस्जिदका निर्वातमान अध्यक्ष फिदा हुसेन अन्सारी नेतृत्वको समितिले राजिनामा दिए पछि लामो समय देखि नेतृत्व विहिन रहेको दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिमा तदर्थ समितिका अध्यक्ष एंव नेपालगञ्ज वडा नं. ३ का अध्यक्ष समेत रहेका अयुब सिद्धिकिले ८ महिना सम्म निर्वाचन गराउन नसके पछि मुस्लिमहरु आन्दोलित हुदैँ आएका थिए ।

    Advertisement

    मुस्लिमहरुले निरन्तर आन्दोलन गरे पछि जिल्ला प्रशासन कार्यालय बाँकेले सर्वपक्षीय बैठकबाट संस्था ऐन २०३४ को अधिनमा रही रहमान मियाँको अध्यक्षतामा १७ सदस्य समिति गठन गरेको छ ।

    असन्तुष्ट पक्ष र राजनितिक दलका नेताहरुको रोहबरमा बसेको सर्वपक्षीय बैठकले समितिलाई पूर्णता दिएको हो । पूर्णता पाएको समितिमा अध्यक्षमा रहमान मियाँ, उपाध्यक्षमा रौनक अली इद्रिसी, महासचिव ऐनुद्दीन अन्सारी, सहसचिव अब्दुल अजीज काजी अन्सारी,कोषाध्यक्षमा मोहम्मद हुसेन हलवाई सर्वसम्मत छानिएका छन् ।

    Advertisement

    यस्तै, सदस्यहरुमा आलम खान,मोहम्मद सरिफ बागवान,अब्दुल गफ्फार खाँ (चाँद), हाजी यासीन, निजाम अली इद्रिसी, कारी सगीर खाँ, रहिस हल्वाई, सुफियान सल्मानी, सहबुद्दीन हल्वाई, इसहाक सिद्धिकि,सगीर खाँ र सलाहुद्दीन हलवाई रहेका छन् ।

    समितिले पूर्णता पाएपछि मस्जिदको संरक्षण, प्रवद्र्धन गर्न र भेटीघाटीलाई पारदर्शी हुने जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत बिनिता यादवले विश्वास व्यक्त गरिन् ।

    Advertisement

    मस्जिदमा विगतमा भएको अनियमिताका विषयमा जिल्ला प्रशासन कार्यालय बाँकेले छानविन गरी आवश्यक कारवाही गर्ने जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »