२७ माघ, चितवन । चितवनमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान साढे ४ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेर दुर्घटना भएको हो ।
Advertisement
बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी गराइन ।
घाइते भएका सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement
प्रहरी अनुसार टायर पञ्चर हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने आकलन छ ।
टिप्पणीहरू