Close sidebar
  • ताजा
  • लोकप्रिय
  • लुम्बिनीका प्रमुख सचिव पन्थको बिदाई

    ६ माघ, दाङ । लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थको विदाई गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार एक कार्यक्रमका विच मुख्यमन्त्री चेतनारायण आचार्यले प्रमुख सचिव पन्थलाई विदाई गर्दै प्रशंसा–पत्र प्रदान गरेका हुन ।

    संघीयता कार्यान्वयन गर्दैै कर्मचारी प्रशासनलाई चुस्त बनाउन पन्थले अतुलनिय भूमिका खेलेको भन्दै मुख्यमन्त्री आचार्यले प्रशंसा गरे ।

    Advertisement

    ‘प्रदेशमा जनशक्तिको अभाव थियो । कति कर्मचारी आवश्यक हो भन्ने पनि एकिन थिएन । तर, उहाँको नेतृत्वमा ओएनएम सर्भे गरेर दरबन्दी एकिन गर्ने काम भयो’ मुख्यमन्त्री आचार्यले भने, ‘अब प्रदेशलाई चाहिने जनशक्ति व्यवस्थापन गर्ने काम लोकसेवा मार्फत अघि बढेको छ । अव लुम्बिनीले जनशक्तिको समस्या भोग्नेछैन ।’

    प्रदेशलाई सुशासंयुक्त बनाउन र भ्रष्टाचार विरुद्ध अभियान चलाउन पाँच बर्षे रणनीतिक योजना निर्माण गरेर कार्यान्वयनमा लगिएको समेत मुख्यमन्त्री आचार्यले बताए । पन्थ गत जेठ ८ गते निमित्त प्रमुख सचिव, साउन ७ गते देखी कायम मुकायम सचिव र भदौ २७ गते देखी प्रमुख सचिवको जिम्मेवारीमा थिए ।

    Advertisement

    पन्थको बागमती प्रदेशमा प्रमुख सचिवको रुपमा सरुवा भएको हो । प्रदेशमा निजामती सेवा र प्रशासनलाई चुस्त बनाउन सबै पक्षबाट साथ सहयोग प्राप्त गरेको बताए । लुम्बिनीमा बाबुराम अधिकारी प्रमुख सचिवको रुपमा आउदैँ छन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »