Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मधुवनका बासिन्दा वन्यजन्तुको चपेटामा

    ६ माघ, बाँके । बर्दियाको मधुवन नगरपालिका, वडा नं. २ का स्थानीय बासिन्दा वन्यजन्तुका कारण निरन्तर समस्यामा परिरहेका छन् ।

    स्थानीय सबिना थारुजस्तै धेरै युवा किसानहरुले जंगली जनावरले बाली नष्ट गर्दा भोग्नुपरेको आर्थिक क्षतिप्रति राहत नपाएको गुनासो गरेका छन् । सबिनाले भनिन्, “गत कार्तिकमा पाँच कट्टाको धान सखाप भयो, तर राहत अहिलेसम्म पाएको छैनौं ।”

    Advertisement

    त्यस्तै, जनक कुमारी थारुले जंगलसँग जोडिएको बाटो कालोपत्रे गर्न र वरिपरि बिजुली बत्तीको व्यवस्था गर्न स्थानीय सरकारले ध्यान नदिएको बताएर चिन्ता व्यक्त गरिन । उनका अनुसार, रातको समयमा बाघ, चितुवा र हात्ती जस्ता जंगली जनावरको त्रासले बासिन्दाको दैनिकी प्रभावित भइरहेको छ ।

    स्थानिय सुशीला चौधरीले राजनैतिक दलहरुले पनि वन्यजन्तुबाट हुने क्षति तर्फ खास्सै ध्यान नदनिएको औंल्याइन । उनले यस समस्याको समाधानका लागि दलहरुले वकालत गर्नुपर्ने कुरामा जोड दिइन ।

    Advertisement

    वन्यजन्तुबाट हुने क्षति, बाली नोक्सानी, र मानिसको ज्यान खतरामा पर्ने समस्याबारे स्थानीय सरकारले ध्यान दिन नसकेको गुनासो स्थानीयहरूमाझ व्यापक छ । साथै, वन्यजन्तु र बालीको बीमा प्रणाली अझै प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन ।

    यी चुनौतीहरुबारे सचेतना र समाधानको खोजी गर्नका लागि शनिबार क्लब चौतारी कार्यक्रमको आयोजना गरियो । युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्‌ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण अभियान’ को गतिविधीका रुपमा आयोजित क्लब चौतारी कार्यक्रममा स्थानिय किशोरकिशोरी र युवाहरु, सीसीएनका पदाधिकारीहरु, नेपालगंजका वरिष्ठ पत्रकार झलक गैरे लगायतको सहभागीता रहेको थियो ।

    Advertisement

    कार्यक्रमका सहजकर्ता हरि गुरुङ्गले वन्यजन्तुको क्षतिबाट जोगिन बीमा प्रणाली र राहत निर्देशिकाको महत्वबारे जानकारी गराए । साथै, वन्यजन्तु र मानिसबीचको सहअस्तित्वका उपायहरुबारे छलफल गरियो ।

    कार्यक्रमले किशोरकिशोरी र युवाहरुलाई मानव–वन्यजन्तु द्वन्द सम्बोधनका लागि आवश्यक वकालत क्षमता र सचेतना अभिवृद्धिमा टेवा पुर्‍याएको सीसीएनका कार्यकारी निदेशक तुला अधिकारीले जनाए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »